अमेरिकामा प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्प र बाइडेनबीच आरोप-प्रत्यारोप | Khabarhub Khabarhub

अमेरिकामा प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्प र बाइडेनबीच आरोप-प्रत्यारोप


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको पोर्टल्याण्डमा जारी प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडनबीच  आरोप-प्रत्यारोप चलेको छ ।

ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरले गर्दा हिंसा चर्किएको भन्दै ‘पोर्टल्याण्डमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाएका छन्।

बाइडनले भने राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसाका लागि मानिसहरूलाई उकासेको र अमेरिकामा ‘घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाएका छन् ।

आइतवार चरणबद्ध ट्वीट गरेका ट्रम्पले ‘मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पूरानो स्वरूप नपाउने’ बताएका थिए। उनले त्यहाँ केन्द्रबाट सुरक्षाफौज पठाउने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले बाइडनलाई ‘नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको’ आरोपसमेत लगाएपछि बाइडनले ट्रम्पलाई विज्ञप्ति नै निकालेर जवाफ दिएका छन् ।

‘ट्रम्पलाई कानुनीराजबारे ट्वीट गरेर आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो हो । तर, आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले उनी कति कमजोर छन् भन्ने देखाउँछ,’ बाइडनले निकालेको विज्ञप्तिमा भनिएको छ ।

शनिवार अमेरिकामा ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच झडप हुँदा एकजना श्वेत प्रदर्शनकारीको मृत्यु भएको छ । त्यसलगत्तै त्यहाँ प्रदर्शनहरू अझ चर्किएका छन् ।

जोर्ज फ्लोईडको गत मे २५ मा प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्डमा तीन महिनादेखि रंगभेदविरोधी प्रदर्शन चर्किदै आएका छन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १० : ०६ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे