योगअभ्यास र प्राणायामबाट कोरोना संक्रमितको उपचार | Khabarhub Khabarhub

योगअभ्यास र प्राणायामबाट कोरोना संक्रमितको उपचार



नवलपुर – चिकित्सकहरू भन्छन्– कोरोना भाइरस (कोडिभ–१९) संक्रमणबाट बच्ने मुख्य उपाय शरीरको प्रतिरोधात्मक क्षमता बढाउनु नै हो ।

उनीहरूका अनुसार प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू हुन्– योग, ध्यान प्रणायाम तथा स्वस्थकर र सन्तुलित आहार । योग, ध्यान, प्राणायाम र चिकित्सा पद्धतिको संयुक्त प्रयोगबाट कोरोना संक्रमितको उपचार गर्छन् डाक्टर विनोद पौडेल । अहिलेसम्म कोरोना संक्रमित ३३८ जनालाई निको बनाएर घर पठाएको उनको भनाइ छ ।

योग सनातन हिन्दू धर्मदर्शनको एक अभिन्न अङ्ग हो । आधुनिक विज्ञानले पनि योगलाई मानेको छ । भारतीय योग गुरु रामदेव योगबाटै विश्वचर्चित छन् । योग विद्या व्यवस्थित रूपमा लिपिबद्ध छ ।

यम, नियम, अङ्ग सञ्चालन, आसन, क्रिया, बन्ध, मुद्रा, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि योगका मुख्य अङ्गहरू हुन् । योग र प्रणायामबाट शरीरका अधिकांश रोगहरू निको हुने विश्वास छ । अहिले कोरोना भाइरसविरुद्ध लड्न योग र प्रणायाम अचुक अस्त्रका रूपमा सिफारिस हुन थालेको छ ।

अनुलोम बिलोम, कपालभाती लगायत ३० वटा बढी प्राणायामहरू हुने योग प्रशिक्षकहरू बताउँछन् । सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक रहेका डाक्टर पौडेलले संक्रमितहरूलाई केही योग र प्राणायाम अभ्यास गराउने गरेका छन् । भारतको महावीर मेडिकल कलेज अफ नेचरोप्याथी एण्ड योगिक साइन्सबाट पढेर आएका डा. पौडेल योगका ज्ञाता मानिन्छन् ।

उनका अनुसार शवासन, मकरासन, दण्डासन जस्ता सूक्ष्म व्यायामबाट आँखा, कुहिना, घुँडा, कम्मर, औँला, पञ्जा, मुख आदि अङ्गहरूको कसरत हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन योग नै सबैभन्दा उत्तम विकल्प भएको डा. पौडेलको भनाइ छ ।

संक्रमितहरूको चिकित्सा

कोरोना भाइरस पोजेटिभ देखिएर प्राकृतिक चिकित्सालयको अस्थायी कोभिड अस्पतालमा आएका संक्रमितहरू बिहान उठ्ने बित्तिकै नुनपानीले कुल्ला गर्छन् । जलनेती गर्छन् र तातोपानीको बाफ लिएपछि डा. पौडेलको साथमा योग अभ्यास गर्छन् ।

जलनेतीपछि मकर आसनमा पाँच–सात मिनेट सुत्दा नाकबाट फोहोरहरू निस्कने डा. पौडेल बताउँछन् । मकर आसन घोप्टो परेर टाउको हातमा राखेर सुत्ने अभ्यास हो ।

नाक भित्रको भागबाट सबैभन्दा बढी भाइरस सक्रिय हुने नर्थ कोरोलिन युनिभर्सिटी युएसएले हालै गरेको अनुसन्धानले स्पष्ट गरेको उनले बताए । सबैभन्दा छिटो संक्रमण छिटो फैलिने भएकोले संक्रमण रोक्ने उपयुक्त विधि जलनेती नै हो भन्छन् डा.पौडेल बताउँछन् ।

नाकको एउटा प्वालबाट पानी हालेर अर्को प्वालबाट निकाल्ने विधि जलनेती हो । संक्रमितहरूलाई हरेक दिन करुवाजस्तो भाँडाबाट जलनेती गराउने गरिएको छ ।

हरेक दिन बिहान एकपटक जलनेती र दैनिक तीन पटकसम्म नुनपानीले कुल्ला गर्नु एकदमै उपयुक्त हुने डा. पौडेल बताउँछन् । हरेक व्यक्तिले प्रत्येक पटक घरबाट बाहिर निस्कँदा नुनपानीले कुल्ला गर्दा राम्रो हुने उनी  सुझाउँछन् ।

संक्रमितहरु हरेक दिन पानीको बाफ लिन्छन् । निम र तुलसीको पातजस्ता जडिबुटीहरू राखेर संक्रमितहरूलाई बाफ लिन लगाइन्छ । बाफ लिँदा नाकबाट तान्ने र मुखबाट फाल्ने गरिन्छ । कपडाले छोपेर बाफ लिनु उपयुक्त नहुने डा.पौडेलको भनाइ छ ।

डा.पौडेल हरेक दिन बिहान कोभिड अस्थायी अस्पतालका कोरोना संक्रमितहरूलाई योग, ध्यान र प्राणायम गराउँछन् ।

बिरामीहरूलाई प्राकृतिक चिकित्सा पद्धतिअनुसार खानेकुरा दिने गरिएको छ । आफूहरूलाई मह र कागती मिसाएर  तातोपानी र तातो दूधमा बेसार राखेर नियमित सेवन गराउने गरिएको एक जना संक्रमितले बताए ।

प्राकृतिक चिकित्सालय रजहरको आइसोलेशनमा हाल पत्रकार, राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीसहित बालदेखि वृद्धसम्मका १२५ जना सक्रिय संक्रमितहरूको योग, प्राणायाम, ध्यान र प्राकृतिक चिकित्सा विधिबाट उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ३३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका