साग स्वर्ण पदक विजेता खेलाडी सम्मानित | Khabarhub Khabarhub

साग स्वर्ण पदक विजेता खेलाडी सम्मानित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

सानेपास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा खेलकुद विभागले सम्मान कार्यक्रम आयोजना गरि खेलाडीलाई सम्मान गरेको हो।
सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक हात पारेको थियो। जसमध्ये काङ्ग्रेसले ८० जना खेलाडीलाई सम्मान गरेको हो।

काङ्ग्रेसले एक स्वर्ण जित्ने खेलाडीलाई १० हजार, दुई स्वर्णलाई १५ हजार, तीनले २० हजार र चार स्वर्ण जित्नेले २५ हजार दिएको हो।

जसमध्ये सबैभन्दा बढी पौडीकी गौरीका सिंहले २५ हजार र करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकि आयशा शाक्य र गल्फका सुवास तामाङले समान १५/१५ हजारसहित सम्मानित भएका छन् भने अन्य खेलाडीले १० हजमरका दरले सम्मान पाएका छन्।

काङ्ग्रेसको खेलबुद विभागले टोकियो ओलम्पिकमा छनोट हुने खेलाडीको विमा गरिदिने विभागका सभापति मोहन बस्नेतले बताएका छन्।

ओलम्पिकका लागि अहिले १२ जना खेलाडीले अभ्यासमा छन्।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ०२ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले