कोरोना भाइरसको उच्च जोखिममा काठमाडौं उपत्यका | Khabarhub Khabarhub

कोरोना भाइरसको उच्च जोखिममा काठमाडौं उपत्यका

यसरी हुँदैछ ट्राफिक प्रहरीको कार्य व्यवस्थापन


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गत आइतवार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका आधारमा ७ दिनभित्र कार्यालयका ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी हेटक्वारटरमा कार्यरत ७२ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुलाई एपीएफ अस्पतालमा राखिएको केन्द्रीय कार्यालयले जनाएको छ । मुख्य कार्यालयमै जोखिम बढेपछि थप सतर्कता भने अपनाइएको कार्यालयका प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

सरकारले तोकेको मापदण्डअनुसार कार्यालय सञ्चालन भइरहेको बताउँदै कडायतले एउटै ब्यारेकमा बस्नेहरुमा संक्रमण देखिएको र उनीहरुलाई क्वारेन्टिनमा राखिएको बताए ।

‘संक्रमित बसेका कोठाहरु खाली गराएर डिस्इन्फेक्सन गरिरहेका छौं’ उनले खबरहबसँग भने, ‘त्यहाँ सील नै गर्ने गरेका छौं ।’

सुरक्षाका उपायहरु अपनाएर नियमित ड्युटी गरिरहेको बताउँदै उनले भने, ‘प्रहरी भनेको आफ्नोभन्दा पनि जनताको सुरक्षाका लागि खट्ने व्यक्ति हो त्यसकारण जोखिम मोलेरै काम गर्नुपर्छ ।’

संक्रमितहरुको कन्ट्याक्टमा आएकाहरुलाई पुलिस अस्पतालले नै पीसीआर विधिबाट परीक्षण गरिरहेको छ । यद्यपी कोरोना संक्रमणको लक्षण नदेखिएको तर आशंका गरिएकाहरु पनि अहिले सामाखुसीमा आफ्नै क्वारेन्टिनमा राखिएको कडायतले बताए ।

जोखिममा ट्राफिक प्रहरी

यता महानगरीय ट्राफिक महाशाखाले पनि प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम बढेको जनाएको छ । हाल उपत्यकाका विभिन्न स्थानमा १ हजार ५ सय ४५ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएका छन् ।

हालसम्म ट्राफिक प्रहरीलाई कोरोना नदेखिए पनि प्रहरी जवानहरुलाई साधन स्रोतहरु उपलब्ध गराइरहेको र सर्तकता अपनाइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मास्क, स्यानीटाइजर, पञ्जा, फेस शिल्डलगायतका सामग्रीको प्रयोग गरी प्रहरीहरु ड्युटीमा खटिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।

‘सडकमा मानिसहरुलाई नछोइ बस्नु भनेका छौं । ब्यारेकमा बस्दा पनि एक मिटरको दुरी कायम गर्न अनुरोध गरका छौं’ ढकालले खबरहबसँग भने, ‘नियमित ब्रिफिङको र सुरक्षित भए नभएको अनुगमन गर्ने काम समेत भइरहेको छ ।’

करिब ४ सय जना ट्राफिक प्रहरीलाई आफ्नो डेरा वा घर नजिकै भएको सडकमा ड्युटी राख्ने व्यवस्था गरेको छ । ‘ड्युटी जाने र डेरामा मुभ भइहाल्ने गरी खटाएका छौं’ उनले भने ।

माहाशाखाले करिब ३ सय जनालाई कोरोना परीक्षण पनि गराएको छ । यद्यपी अहिलेसम्म कुनै प्रहरी जवानलाई कोरोना पुष्टि भएको छैन ।

महाशाखाभित्र हेल्थ डेक्स राखिएको छ । जसले अनुगमन गर्ने र स्वास्थ्यको जाँच गर्ने काम गरिरहेको छ ।

उपत्यकामा कोरोनाको दर बढ्दै गएपछि जनशक्ति थप गरेको र ड्युटीलाई पुर्नविचार गरेको संक्रमण बढेसँगै परिचालन बढाएको उनको भनाई छ ।

यसरी हुँदैछ मापसे चेकिङ

सडकमा यात्रा गर्दा मादक पदार्थ सेवन नगरौं भन्ने सोचले महाशाखाले विभिन्न अभियानहरु सञ्चालन गर्ने गरेको छ ।

यात्रुको सुरक्षाका लागि मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गरी जरिवाना र सचेतना कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ ।

उनकाअनुसार अहिले कहाँ-कहाँ मापसे गर्न सक्छन् त्यहा सिभिलमा निगरानी राखिएको छ । यदि मादक पदार्थ सेवन गरेर सवारीमा चढेमा त्यो गाडीको नम्बर सिधै महाशाखामा खबर आइपुग्ने छ ।

त्यस्तै सवारी हाँकेको भरमा पनि मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन सकिने बताउँदै ढकालले भने, ‘अनुभवी प्रहरी छन् त्यो थाहा भइहाल्छ ।’

त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुले झुट बोलेको खण्डमा सिधैं अस्पताल लगेर मेडिकल गराइने उनले बताए ।

हालसम्म देशभर कोरोना संक्रमित प्रहरीको संख्या २ सय ५० पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : १७ बजे

स्न्यापच्याटले एआईबाट बनाइएका फोटोमा छुट्टै वाटरमार्क लगाउने

काठमाडौं– स्न्यापच्याटले एआईबाट बनाइएका फोटोहरूमा आफ्नाे बेग्लै वाटरमार्क लगाउने भएको

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल– लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त