बालबालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ? | Khabarhub Khabarhub

बालबालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ?


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्डसेफ नेटले इन्टरनेटबाट बालबालिका र युवाहरुलाई  हुने उत्पीडनको बारेमा विभिन्न ६ वटा भर्चुअल वर्कसप आयोजना गरेको छ ।

‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ को विषयमा चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा आयोजना गरेको भर्चुअल वर्कशपमा २५ जनाभन्दा बढि रिसोर्स पर्सनको रुपमा सहभागी भएका थिए ।

५ सयभन्दा बढिले कार्यक्रममा प्रत्यक्षरुपमा सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न ६ वटा भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिएको थियो ।

विभिन्न निकाय र व्यत्तिहरुसँगको छलफलबाट नेपालमा बालबालिका र युवाहरु इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन, यसको दुरुपयोग कसरी हुन्छ र यसको निवारणको लागि अभिभावकदेखि सरकारसम्मले कस्तो तयारी र योजनाहरु बनाउनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो ।

कार्यक्रमको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउँदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते देखि सञ्चालन भएकोे वर्कशप साउन १४ गतेसम्म सञ्चालन भएको थियो । यी श्रृङ्खलाहरुबाट संकलन गरिएको बिचारहरुबाट आगामी दिनहरुमा बालबालिकाको सुरक्षा र यसको वकालतको लागी प्रयोग गरिने कुरा आयोजकले जनाएको छ ।

कार्यक्रमको पाचौं सेसनमा दुरसञ्चार प्राधिकरण र आइएसपीहरुसँगको छलफलमा वत्ताहरुले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्नुसँगै वालवालिकामा सचेतना जगाउने, विद्यालयका शिक्षामा नै यस सम्वन्धी जानकारी गराउने र अभिभावकको अनुगमनमा इन्टरनेटका प्रयोगमा जोड दिनुपर्ने कुरामा जोड दिइएको थियो ।

यसैगरी एनटिए र विभिन्न आइएसपीहरुले नेपालमा पोर्न साइट र भैम फैलाउने समाचार र अन्य वेबसाइटहरु पनि बन्द गरेका छन । केहि आइएसपीहरुले बालवालिका लक्षित इन्टरनेट सेक्युरिटी गाइड तथा एप्लिकेकशनहरु पनि सञ्चालनमा ल्याएका छन ।

यसैगरी कार्यक्रमको छैटौ सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिकाको विषयमा सरोकारवाला तथा सरकारी  अधिकारिहरुसँग छलफल गरिएको  थियो ।  यस सेसनमा सूचना तथा सञ्चार र प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, महिला तथा बालबालिका विभागको महानिर्देशक रोशनी श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणको उप निर्देशक रोजा किरण बासुकला, केन्दि«य साइबर ब्यूरोको डिएसपी दिपेश जोशीलाई वक्ताको रुपमा रहेका थिए ।

उनिहरुले सरकारी तवरवाट भइरहेको केहि प्रयासहरु अब पर्याप्त नहुने भन्दै अब पोलिसीमै यस्ता कुराहरु समावेश गरेर छुट्टै टास्कफोर्स बनाएर काम गर्नसके प्रभावकारी हुने बताए । वालवालिकासँगै अभिभावकमा सचेतना र डिजिटल लिट्रेसी बढाउनुपर्ने, सरकारले अनावश्यक वेबसाइटहरु फिल्टर गर्नुपर्ने र सेवा प्रदायकहरुले सेक्युरिटीका टुल्सहरु उपलब्ध गराएमा दुरुपयोग कम हुने वत्ताहरुको बिचार थियो ।

घटना भइसकेपनि कप्लेन गर्नसकिने सहज सुविधा र त्यसको फलोअप र कारवाहीको प्रकृया पनि प्रभावकारी भएमा बालवालिकालाई इन्टरनेटको उत्पिडन तथा अपराधबाट जोगाउन सकिने सरोकारवाला तथा विज्ञहरुले सुझाव दिएका छन ।

२०११ सम्म इन्टरनेटको प्रयोगकर्ता ९.०% मात्रै थियो तर अहिले भने इन्टरनेटको प्रयोगकर्ता ७०% पुगेकाले समस्या अझै बढ्दै गएको पाइन्छ । सन २०१९ मा मात्रै २० लाख ५० हजार व्यत्तिहरुले  इन्टरनेटकोे प्रयोग गर्न थालेका छन् ।

यसअघि चाइल्ड सेफनेटले करिब १२२८ जनामा गरेको सर्वेक्षणमा इन्टरनेटको प्रयोगसँगै दुरुपयोग बढेको र अपराधिक घटनाहरु पनि भएको देखिएको थियो ।

उक्त सर्वेक्षणको अनुसार हरेक ४ जना बालबालिका या युवाहरुमा १ जनाले इन्टरनेटको प्रयोग १० घण्टा भन्दा बढि गरेको देखियो । लकडाउन भन्दा अगाडी अधिकाशंले इन्टरनेटको प्रयोग १–३ घण्टा प्रयोग सम्म गर्ने गर्थे तर अहिले भने प्राय नेपालीले ४–६ घण्टासम्म प्रयोग गर्न थालिएको देखिन्छ । ८३% ले लकडाउन पछि ४ घण्टा भन्दा बढि प्रयोग गर्न थालिएको पाइएको छ र यही बढ्दो प्रयोग सँगै साइबर अपराध नि बढ्दै गएको छ ।

चाइल्डसेफ नेटको सर्वेक्षण अनुसार ३ जनामा १ जना बालबालिका या युवा महिलाले यौन साइटहरु हेरेका थिए र २ जनामा १ जना बालबालिका या युवा पुरुषले यौन साइटहरु हेरेका थिए । वालवालिका तथा युवारुमा फेसबुक, इन्स्टाबाट फेक आइडी बनाएर अश्लील भिडियो तथा फोटो पठाउने, पासवर्ड मागेर उत्पीडन गर्ने , स्कयामीङ्ग गर्ने गरेको बढि देखिन्छ ।

नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै रघुवंशीले जानकारी दिए ।

संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको सस्थाका नेहा गौचनले जानकारी दिइन ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ३७ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा