भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव | Khabarhub Khabarhub

भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विज्ञहरुले भारतबाट आउने सबै व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका व्यक्तिहरु कोरोना परीक्षण नै नगर्ने विषयमा छलफल गरिरहँदा विज्ञहरुले भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने बताएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनले भारतीय सिमाबाट नेपालीहरु आउने क्रम नरोकिएकाले नेपालमा कोरोना संक्रमित अझै थपिन सक्ने बताए ।

“भारतीय सिमाबाट नेपालीहरु आउने क्रम रोकिएको छैन, त्यसैले सिमाबाट आउनेहरुलाई पीसीआरबाट कोरोना परीक्षण गरेर पोजेटिभ र नेगेटिभ भएकालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्छ,” डा पुनले भने, “अहिले संक्रमित बढ्दै गएको अवस्था र भारतबाट नेपालीहरु आउने क्रम नरोकिएको अवस्थालाई हेर्दा नेपालमा संक्रमितको संख्या झनै बढ्ने देखिन्छ, सरकारले यसको नियन्त्रणका लागि सोही अनुसारको तयारी गर्नुपर्छ ।”

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ४३ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार