नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ५६७ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अुनसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये तनहुँ रिसिङका एकजना २८ वर्षीय पुरुष , स्याङ्जाका गल्याङ २ जना २७ र ४० वर्षका पुरुष रहेका छन्।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु पर्साको स्थानीय क्वारेन्टाइनमा रहेका २२ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये १३ जना कालिकोटा शुभकालिकाका १९ देखि ५२ वर्ष उमेर समुहका रहेका छन् । यस्तै कालिकोटको महवीका ५ जना २० देखि ४२ वर्षका पुरुषहरु, दैलेख दुल्लुका एकजना ३५ वर्षीय पुरुष, दैलेखको नारायण नगरपालिकाका ९ जना १६ देखि ४८ वर्षका पुरुषहरु, दैलेख सिम्दाका एक जना २६ वर्षीय पुरुष, दैलेख देवलकानका ५ जना १८ देखि २२ वर्षीय पुरुष, दैलेख रातापानीका एकजना ३८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै दैलेख सादुका एक जना २२ वर्षीय पुरुष पनि रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा बाजुरा जगन्नाथका ४० वर्षीय पुरुषको पनि पोजेटिभ आएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये सल्यान कुपिन्डेका २५ जना ११ देखि ६० वर्ष उमेर समूहका पुरुषहरु र सुर्खेत बराहातालका एक जना ४ महिने बालिकामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा एक जनाको पोजेटिभ आएको छ । उनी कपिलवस्तु शिवराजका ३२ वर्षीया पुरुष रहेका छन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु बाँके नरैनापुरका २ जना २१ र २५ वर्षीय पुरुष, बाँके खजुराका १ जना ३० वर्षीय पुरुष, नेपालगञ्जका १६ देखि ४२ वर्षका ४ जना पुरुषहरु र बाँकेको बैजनाथका एकजना ३५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबैजना सप्तरी राजगढका १७ देखि ४५ वर्षका पुरुषहरु रहेका छन् ।

यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५ जनामा पोजेटिभ आएको छ । उनीहरु कैलाली भजनीका २३ वर्षीय पुरुष, कैलालीकै जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुया कैलाली त्रिनगरका ४७ वर्षका पुरुष रहेका छन्। यस्तै बाजुराका २ वर्षीया बालिका र २३ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ आएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषा मुखियापट्टि क्वारेन्टाइनमा रहेका २१ जना छन् । उनीहरु १९ देखि ४६ वर्षका पुरुषहरु छन् ।

यस्तै कपिलवस्तु महाराजगञ्जका ४ जना २५ देखि ४१ वर्षका पुरुषहरु रहेका छन् । यस्तै रौतहटको क्वारेन्टाइनमा रहेका २९ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु ४, ९ र १२ वर्षका बालक देखि ५२ वर्षका पुरुषहरु समेत रहेका छन् ।

यस्तै सर्लाहीका १० जना रहेका छन् । उनीहरु एकजना एक वर्षका बालक सहित १५ देखि ५० वर्षका पुरुषहरु रहेका छन् । डा देवकोटाका नयाँ संक्रमित मध्य  १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण भएको छ गत २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यस्तै देशभरका क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ जना रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो पटक १ जना थप डिस्चार्ज भएका छन् । यो सँगै २२० जना पुगेका छन् । जसमध्य ४८ मिहला अन्य पुरुष रहेका छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुग्यो

यसैबीच नेपालमा कोराना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

मन्त्रालयका अनुसार दुल्लु–११ का ३५ वर्षीय पुरुषको कोरोनाका कारण मत्यु भएको पुष्टि भएको छ । उनको शनिबार मृत्यु भएको थियो । त्यसैगरी बाजुराकी २ वर्षीय बालिकाको पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

उनको पीसीआर टेस्ट पनि पोजेटेभि आएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ४ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६