दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द | Khabarhub Khabarhub

दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।

भारतबाट आएका एक युवक क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार गराएको र उनको कोरोना आरडिटी गर्दा पोजेटिभ देखिएपछि कक्ष बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

२२ वर्षीय पुरुष मधुमेहका बिरामी हुन् । उनले अस्पतालमा सत्य कुरा नगरेपछि अहिले कक्ष बन्द गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए ।

उनी आफू एक वर्षअघि भारतबाट आएको भन्दै आकस्मिक कक्षमा भर्ना भएका थिए । बुझ्दै जाँदा केही दिनअघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडिटी गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि इमर्जेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिले अन्य बिरामीको उपचारका लागि छुट्टै आपत्कालीन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालयका प्रमुख डा निरन्जन पन्तले जानकारी दिए ।

भारतबाट आएका व्यक्ति सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले धमाधम मानिस जिल्ला भित्र्याएपछि स्थानीय सरकार र प्रशासनले थाम्न नसक्ने अवस्था देखिएको छ ।

अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टाइनको विकल्प खोजी गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०