ओलम्पिकमा तीन स्वर्ण बिजेता बबी जोको निधन | Khabarhub Khabarhub

ओलम्पिकमा तीन स्वर्ण बिजेता बबी जोको निधन


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले १९५६ को ओलम्पिक खेलमा तीनवटा पदक जितेका थिए ।

उनको गृहनगरस्थित सान बोनिटो स्कुल डिस्ट्रिकले मोरोको निधनको पुष्टि गरेको हो, यस स्कुलमा मोरोकै नामबाट १२ हजार सिटसहितको रंगशालाको नामाकरण गरिएको छ । यहाँ सुपेरिटेन्डेन्ट डाक्टर नाते काम्र्यानले रंगशालाले विश्वप्रसिद्ध धावकको संझना दिलाउने बताए ।

स्कुल डिस्ट्रिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सान बेनिटोले ओलम्पिकबाट धेरै स्वर्ण बोकेर ल्याउने आफ्ना गृहनगरका स्टारलाई सधैं सम्झनेछ ।’

मोरोले १९५६ को मेलवर्न ओलम्पिकमा १ सय मिटर, २ सय मिटरतर्फ व्यक्तिगत स्वर्ण जितेका थिए । यही ओलम्पिकमा उनीसहितको अमेरिकी टिमले ४ गुणा १ सय मिटर रिलेतर्फ स्वर्ण जित्दा उनको कुल स्वर्ण संख्या ३ पुग्यो ।

एकै संस्करणको ओलम्पिक खेलमा १ सय मिटर, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा स्वर्ण जित्ने किर्तिमान विश्वका चार खेलाडीमा मात्रै छ । १९३६ मा बर्लिन ओलम्पिकमा जेसे ओवेन्स, १९८४ मा लस एन्जलस ओलम्पिकमा कार्ल लेविस र २०१२ को लण्डन ओलम्पिक तथा २०१६ को रियो दि जेनरियो ओलम्पिकमा उसेन बोल्टले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।

‘ अमेरिकाका लागि १९५६ को ओलम्पिक खेलमा तीनवटा स्वर्ण दिलाउने बबी मोरोको शनिबार ८४ वर्षको उमेरमा भएको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत् गहिरो शोकमा छ ,’ विश्व एथलेटिक्स महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ ।

१९५६ मा स्पोर्टस् इलुस्ट्रेटेडले मोरोलाई वर्षकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो । तर, १९६० को रोम ओलम्पिकका लागि उनले अमेरिकी टोलीमा स्थान बनाउन सकेनन् र एथलेटिक्स खेलबाटै सन्यास घोषणा गरे ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ४ : २५ बजे

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक