बर्दियासँग जोडिएको भारतीय सीमा बन्द | Khabarhub Khabarhub

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ ।

नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ ।

शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : १५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म