संसदमा बजेटमाथिको छलफल सुरु | Khabarhub Khabarhub

संसदमा बजेटमाथिको छलफल सुरु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि संघीय संसदमा आजदेखि छलफल सुरु भएको छ ।

दुबै सदनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमाथिको सैद्धान्तिक छलफल सुरु गर्न प्रस्ताव गरेका थिए ।

बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको आकार सन्तुलित रहेको बताए ।

उनले कार्यान्वयनमा भने समस्या रहेको बताए । उनले भने,‘चालू आर्थिक वर्षमा पूँजीगत खर्चका लागि विनियोजन भएको रकममध्ये २८ प्रतिशतमात्रै खर्च भएको छ । त्यो दयनिय अबस्था हो । सरकारले आगामी आर्थिक वर्षमा सरकार गम्भिर बन्नुपर्छ ।’

सांसद पाण्डेले चालू खर्च धान्नका लागि राजश्वले नपुग्ने अबस्था देखिएको भन्दै चालू खर्च घटाउने सरकारी प्रयास राम्रो रहेको बताए । उनले ऋण लिएर चालू खर्च चलाउने अबस्था बन्न नहुने समेत बताए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : २७ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय