संविधान संशोधन प्रस्ताव संसदमा पेस | Khabarhub Khabarhub

संविधान संशोधन प्रस्ताव संसदमा पेस


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको संविधान संशोधन प्रस्ताव संसदको प्रतिनिधिसभाको बैठकमा आज पेस भएको छ ।

नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान चिन्हमा समेत संशोधन गर्न आवश्यक देखिएपछि संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानूनमन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस गरेकी हुन ।

कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन प्रस्तावमाथि थप संशोधनका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था रहेको छ ।

७२ घण्टाभित्र कुनै पनि सांसदले प्रस्तावमाथि संशोधन दर्ता गर्नका लागि समय निर्धारण हुने र त्यसपछि संशोधन विधेयकमाथि छलफल भइ संविधानको अंग बन्नेछ ।

दलहरुका बिचमा नियमावलीको व्यवस्था निलम्बन गर्न सहमति जुट्यो भने ७२ घण्टा समेत निलम्बन हुनसक्ने व्यवस्था समेत छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ३९ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले