सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्छ - चिनियाँ दूतावास | Khabarhub Khabarhub

सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्छ – चिनियाँ दूतावास


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासले चीनको जनकंग्रेसले पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने जनाएको छ ।

दूतावासले जारी गरेको बिज्ञप्तिमा चीनले हालै पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने उल्लेख छ । हङकङमा करिब ३० हजार नेपाली स्थायी रुपमा बसोबास गरिरहेका छन्।

हङकङको दीर्घकालीन समृद्धि र स्थिरताले हङकङका नेपालीको मात्र नभई चीन–नेपाल सहयोग र सहकार्यको पनि सुरक्षा र कल्याण नयाँ सुरक्षा कानूनले गर्ने बिज्ञप्तिमा उल्लेख छ।

चीनको जनकंग्रेस (संसद) ले हालै हङकङका लागि पास गरेको राष्ट्रिय सुरक्षा कानून देश विभाजन गर्न खोज्ने केही व्यक्तिहरूप्रति मात्रै लक्षित रहेको काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार राती जारी विज्ञप्तीमा जनाइएको छ ।

बिज्ञप्तिमा देश विभाजनमा उद्यत भएर आतंककारी गतिविधि गरिरहेका आन्तरिक एवं  बाह्य शक्तिप्रति उक्त सुरक्षा कानून आकर्षित हुने उल्लेख छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ३० बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक