डिसेम्बरभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याइसक्ने चीनको दाबी | Khabarhub Khabarhub

डिसेम्बरभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याइसक्ने चीनको दाबी


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको छ ।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारिरहेको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म आउने उसले जनाएको हो ।

पहिलो चरणको परीक्षण सफल भएपछि हाल उक्त भ्याक्सिन २ हजार जनामा परीक्षण गरिएको जनाइएको छ ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले लेखेको पोष्टमा ढिलोमा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने जानकारी दिइएको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको महामारी ५ महिनादेखि फैलिदा पनि यसको भ्याक्सिन र औषधि तयार नहुदा संसार आक्रान्त भइसकेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ७ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन