कोरोनाभाइरस संक्रमित अमेरिकी पत्रकार मारियाको निधन | Khabarhub Khabarhub

कोरोनाभाइरस संक्रमित अमेरिकी पत्रकार मारियाको निधन


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक जना पत्रकारको निधन भएको छ ।  अमेरिकी पत्रकार मारिया मेर्कादेरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो ।

अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्यूजकी वरिष्ठ पत्रकार मेर्कादेरको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

५४ वर्षकी उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी ३० वर्ष भन्दा बढी समयदेखि सीबीएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत थिइन् ।

उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन् ।

पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन् । उनी क्यान्सरबाट समेत पीडित रहेको जनाइएको छ । उनी सन् १९८७ देखि सीबीएस न्यूजमा कार्यरत थिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०