कोरोनाभाइरसका कारण मौका नजुरेको नेपाली फुटबलको ऐतिहासिक अवसर | Khabarhub Khabarhub

कोरोनाभाइरसका कारण मौका नजुरेको नेपाली फुटबलको ऐतिहासिक अवसर


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मार्च ३१ । कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप नलिएको भए सायद खेलकुदका गतिविधि बन्द हुँदैन थिए । आज बेलुकी राजधानी काठमाडौं फुबटलको माहौलमा रमिरहेको हुन्थ्यो ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटको अस्ष्ट्रेलियासँको एतिहासिक खेल आज दशरथ रंगशालामा हुने तय थियो । अस्ट्रेलियासँगको खेल भएको भए रंगशाला वरिपरीदेखि राजधानी नै फुटबल मय बन्ने निश्चितथियो ।

अस्ट्रेलिया एसियन कन्टिनेन्टमा भए पनि नेपालको तुलनामा निकै बलियो राष्ट्र हो । उसले फिफा विश्वकप २०१८ समेत खेलेको थियो । नेपालले अस्ट्रेलियासँग घरेलु मैदानमा पहिलो पटक खेल्ने अवसर पाएको थियो ।

अस्ट्रेलिया छुट्टै महादेशको भए पनि २००६ मा एएफसीको सदस्यता पाएको थियो । त्यसपछि उसले लगातार एसियाली क्षेत्रबाट खेल्दै आएको छ ।

अस्ट्रेलिया एसियाली क्षेत्रमा जापान पछिको दोस्रो बलियो टोली पनि  हो ।

नेपाल र अस्ट्रेलियाबीच यसअघि अस्ट्रेलियाको घरेलु मैदानमा पहिलो लेगको खेल भएको थियो । जसमा नेपाल ५–० गोल अन्तरले घरेलु टोलीसँग पराजित भएको थियो ।

अस्ट्रेलिया विश्वकप खेलीसकेको टोली हो । तर, पनि उसको घरेलु मैदानमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै कम गोल अन्तरमा खेल टुङ्ग्याएका थिए ।

नेपाली फुटबल प्रेमीहरुले लामो समयदेखि घरेलु मैदानमा यस्ता ठूला प्रतियोगिता प्रत्यक्ष हेर्न पाएका छैनन् । मंसिरमा दक्षिण एसियाली खेलकुद हुँदा उमेस समूहको टोलीले स्वर्ण पदक उचाल्दा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

विश्वकप छनोट अन्तरगत नै मार्च २५ मा नेपालले चाइनिज ताइपेइसँग काठमाडौंमा खेल्ने पनि तय थियो । विश्वकप छनोटका खेल त्यो पनि अस्ट्रेलियासँगको खेलका लागि नेपाली समर्थकहरु निकै उत्साहित थिए ।

तर, अप्रत्याशित रुपमा कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिँदा फिफा र एएफसीले विश्वकप छनोट अन्तरगतका सबै खेल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

अहिले विश्वकप छनोटको मात्रै होइन विश्वभरका फुटबल सबै गतिविधि समेत स्थगित छन् ।

यही बीचमा नेपाली टोलीले इङ्ग्ल्यान्डको सी टिमसँग मे महिनामा मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर त्यो पनि तत्कालका लागि टरेको छ ।

नेपाल पछिल्लो समय सन् १९८९ मा युरोप गएको थियो । ३१ वर्षसम्म युरोपको यात्रा नजुरेको नेपालका लागि यो वर्ष एतिहासिक अवसर मिलेको थिया । तर, कोरोना भाइरसकै कारण त्यो पनि एक वर्षका लागि टरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : ४६ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ