'लकडाउन' को उल्लंघन गर्दै लमजुङमा चिनियाँद्वारा स्थानीयमाथि आक्रमण | Khabarhub Khabarhub

‘लकडाउन’ को उल्लंघन गर्दै लमजुङमा चिनियाँद्वारा स्थानीयमाथि आक्रमण


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न मुलुकभर लकडाउन लागू गरेको अवस्थामा लमजुङमा चिनियाँ नागरिकबाटै उल्लंघन भएको छ ।

लकडाउनको समयमा चिनियाँ निर्माण कम्पनीले गाउँको बाटो भएर सामान ओसार–पसार गरेपछि सोमबार चिनियाँ नागरिक र स्थानीयबीच झडप भएको हो ।

स्थानीयले लकडाउन पूर्ण कार्यान्वयन गर्नका लागि गाउँ भित्रिने नाकामा लगाएका बार समेत भत्काएर चिनियाँ नागरिकले सामान भित्र्याएपछि सोमबार झडप भएको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ठुलोबेंसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरको निर्माणपक्ष चिनियाँ कम्पनीले गाउँको बाटो भएर सामान भित्र्याए पनि स्थानीय विरोधमा उत्रिएका थिए ।

लकडाउनको उल्लंघन गरेको भन्दै स्थानीयले विरोध जनाएपछि चिनियाँ नागरिकले स्थानीयमाथि हातपात गरेको स्थानीय करण थापाले बताए ।

‘सरकारले लागू गरेको लकडाउन कार्यान्वयनका लागि नाकामा लगाइएको बार भत्काएर चिनियाँ कम्पनीले सामान ल्याउँदा स्थानीयले विरोध जनाएका हुन्,’ थापाले भने, ‘कोरोनाको संक्रमण फैलिन नदिन हामीले सरकारको निर्देशन पालना गरिरहेका बेला चिनियाँ कम्पनीले उल्लंघन गर्‍यो ।’

सोमबार जल विद्युत आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीले टर्वाइन बोकेको २ वटा ट्रक भित्र्याएपछि स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयको अबरोध हटाउन चिनियाँ पक्ष स्थानीयमाथि जाइलागेपछि झडप भएको उनले बताए । चिनियाँ आक्रमणको विरोधमा स्थानीय उत्रिएपछि चिनियाँहरु भागेको थापाले जानकारी दिए ।

स्थानीयको आक्रमणबाट हाइड्रोपावरको एउटा लोडरमा क्षति पुगेको चिनियाँ पक्षको दाबी छ । कोरना संक्रमित मुलुक चीनबाट चिनियाँ कामदार गाउँ भित्र्याएको भन्दै स्थानीयले यसअघि पनि बिरोध गर्दै आएका थिए ।

सरकारले निर्माणको काम रोकेर लकडाउन कार्यान्वयन गर्न आग्रह गरिरहेका बेला चिनियाँले अटेरी गर्दै गाउँलेलाई त्रसित बनाएको स्थानीयको आरोप छ ।

आयोजनाको टर्बाइनको सामन वीरगञ्जबाट पास ल्याएर सरोकार समिति र स्थानीयसँग समन्वयमा ल्याइएको आयोजनामा कार्यरत स्थानीय विष्णुराज घिमिरेले बताए ।

स्थानीय र चिनियाँ पक्षबीच झडप भएपछि घटनास्थल पुगेको प्रहरीले विवाद मिलाएको छ । लकडाउन खुलेपछि मात्र सामान कार्यस्थलमा लैजाने विषयमा स्थानीय र चिनियाँ पक्षबीच सहमति भएको जिल्ला प्रहरीका कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

प्रहरी नीरिक्षक पुनले भने, ‘उक्त ट्रक लकडाउन खुलेपछि स्थानीयसँग वार्ता गरेर मात्र आयोजना निर्माणाधिन स्थलमा लगिने सहमति भएको छ ।’

३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनी झि ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।

यसअघि चिनियाँ नागरिकले ठमेलमा समेत एक जना ट्याक्सी ड्राइभरमाथि आक्रमण गरेका थिए । वाङ्ग युन फेङ्ग नाम गरेका व्यापारीको नेतृत्वमा ती ट्याक्सी ड्राइभरमाथि आक्रमण भएको थियो ।

गत फागुन ३० गते ठमेलस्थित एक चिनियाँ होटेल अगाडि ट्याक्सी रोकेको निहुँमा उनीमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : २९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न