कोरोना भाइरसको महामारीले अर्थतन्त्र सुस्त हुने विश्व बैंकको प्रक्षेपण | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारीले अर्थतन्त्र सुस्त हुने विश्व बैंकको प्रक्षेपण


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बिशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ ।

विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ ।

उसले सन् २०२० मा समग्र विकासशील मलुकको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

यो दर माइनस शून्य दशमलव पाँच प्रतिशतमा पनि जान सक्ने बताएको छ । जबकी सन् २०१९ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यो भाइरसको प्रभाव सबै मुलुकमा देखिएकोले यस्तो प्रक्षेपण गरिएको उल्लेख छ । विश्वका सबै मुलुकले आर्थिक सुधारको लागि विभिन्न कार्यक्रम अघि सार्नु जरुरी रहेको बैंकले उल्लेख गरेको छ

विश्व बैंक यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मात्र मानिस गरिबीको रेखाबाट बाहिर आउने बैंकले उल्लेख गरेको छ ।

जबकी यस वर्ष तीन करोड ५० लाख मानिस गरिबीको रेखाबाट माथि उठ्नसक्ने अनुमान गरिएको थियो । आर्थिक अवस्था अझै कमजोर बने गरिबी एक करोड १० लाखले बढ्ने विश्व बैंकको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ३७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्