वीर अस्पतालमा मृत्यु भएका २ जनामा देखिएन कोरोना संक्रमण | Khabarhub Khabarhub

वीर अस्पतालमा मृत्यु भएका २ जनामा देखिएन कोरोना संक्रमण


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका १ महिला र १ पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार भर्ना भएकी ३७ वर्षीया १ महिना र सोमबार नै भर्ना भएका ५० वर्षीया पुरुषको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको दुवै जनालाई कोरोना संक्रमणको आशंकामा स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तर, प्रयोगशालाबाट प्राप्त रिपोर्टमा दुवै जनालाई कोरोनाको संक्रमण नदेखिएको वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।

काठमाडौंको सतंगुल घर भएकी ३७ वर्षीया महिला र भारत घर भइ काठमाडौंको कालिमाटी बस्दै आएका ५० वर्षीया पुरुषको सोमबार मृत्यु भएको थियो ।

मृत्यु भएकी महिला यसअघि पनि मधुमेह, पिसाबको संक्रमण र आइपोटेन्सन लगायत समस्याबाट ग्रसित थिइन् ।

परिवारका सदस्यहरुले उनको कोरोनाका कारण मृत्यु नभएको भन्दै सोमबार नै अस्पतालबाट शव बुझेर लगिसकेका थिए ।

५० वर्षीय भारतीय पुरुषलाई भने बेहोस अवस्थामा सोमबार बिहान ११ बजे वीर अस्पताल ल्याइ पु¥याइएको थियो । उपचारकै क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको थियो ।

अस्पतालका अनुसार सोमबार मृत्यु भएका ५० वर्षीय भारतीय पुरुषको भने मंगलबार अपराह्न मात्रै कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएपछि आफन्तहरुले बुझेर लगेका छन् ।

यसअघि आइतबार राति ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा पनि १ जना बिरामीको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । अस्पतालले कोरोना संक्रमणको आशंकामा नमूना संकलन गरी परीक्षणका लागि पठाए पनि रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ५६ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय