अब काठमाडौं बाहिरका ल्याबमा मात्रै दैनिक हजार जनाको कोरोना जाँच हुने | Khabarhub Khabarhub

अब काठमाडौं बाहिरका ल्याबमा मात्रै दैनिक हजार जनाको कोरोना जाँच हुने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर अब दैनिक १ हजार जनको कोरोना भाइरस (कोविड १९) संक्रमणको जाँच हुने भएको छ । सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरउन्नती गर्नुपर्ने स्थानमा पोर्टेबल पीसीआर मेसिन बाट जाँच शुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिर धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेको छ । अन्य प्रदेशको हकमा भने आइतवार चीनबाट खरिद गरेर ल्याइएका पोर्टेबल पीसीआर मेसिनमार्फत परीक्षण गरिने छ ।

चीबाट ल्याइएका ५ वटै पोर्टेबल पीसीआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

‘हामीले धरानबाट परीक्षण शुरु गरिसकेका छौं,’ उनले भने ‘अब स्थायी ल्याब सञ्चालन गर्न स्तरोउन्नति गर्नुपर्ने ठाउँमा आइतबार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण शुरु गर्छौं ।’

प्रदेशहरु मेसिन गएसंगै अब उपत्यका बाहिरबाट दैनिक १ हजार जना सम्मको कोविड १९ को परीक्षण हुनसक्ने उनको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरोउन्नति गरी कोविड १९ परिक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली समेत परिचालन भइसकेको जानकारी दिए ।

मंगलबारबाट पोखरामा पोर्टेबल पीसीआर मेसिनबाट कोविड १९ जाँच शुरु गरिएको मन्त्रालयले जनाएको छ । सरकारले जाँचलाइ तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल पीसीआर मेसिनबाट जाँच शुरु गर्ने तयारी गरेको छ ।

पीसीआर मेसिनबाट परीक्षण शरु भएसंगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्यावलाई स्तरोउन्नति गरी सञ्चालनमा ल्याउन जनशक्ति पठाइसकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बागमती प्रदेशमा काठमाडौं बाहिर हेटौंडामा रहेको किटजन्य रोग नियन्त्रण केन्द्रमा रहेको प्रयोगशालालाई प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार नै त्यता गइसकेको खनालले जानकारी दिए ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्याबलाई स्तरोउन्नति गरी संचालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । त्यस्तै कर्णालीको कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पनि ल्याब स्तरोउन्नति गर्न टोली खटिइसकेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिए ।

आइतवारबाट परिक्षण शरु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले १ चरणमा १२ जनाको स्वाव पीसीआर गर्न सकिने प्रतिष्ठानका कार्यवाहाक उपकुलपती प्राडा गुरु खनालले जानकारी दिए । उनले आवश्यकता परे एक पटकमा २४ जना सम्मको परिक्षण गर्न सकिने जानकारी दिए ।

‘अहिले हामीले एक पटकमा १२ बटा जाँच गरिरहेका छौं,’ उनले भने ‘आवश्यक परे थप १२ को गर्न सक्ने गरी तयार हुदैछौं ।’

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ०० बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र