क्वारेन्टाइन र आइसोलेसनमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ता दिइने | Khabarhub Khabarhub

क्वारेन्टाइन र आइसोलेसनमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ता दिइने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कोरोना भाइरस (कोभिड –१९ ) को शंकास्पद बिरामीलाई अस्पतालमा पुर्‍याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । उनले लकडाउन अवधिभर एम्बुलेन्स सेवामा पचास प्रतिशत छुटको व्यवस्था मिलाइएको बताए । नगर प्रमुख चौधरीले भने, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अबधि भरी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशत र ‘क्वारेन्टाइन/आइसोलेसनमा खटिने कर्मचारीलाई खाइपाई आएको तलवको शत प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेका छौं ।’

सो भाइरस सम्भावित जोखिम हुन नदिन आवश्यक पर्ने बजेट चालु शीर्षकको उप शीर्षकबाट रकमान्तर गर्ने र कार्यरत स्वास्थ्यकर्मी अपुग हुने भएकाले स्वीकृत बजेटको परिधिभित्र रहि आवश्यकता अनुसार सम्झौता गरी कामकाजमा लगाउने निर्णय समेत सो नगरपालिकाले गरेको छ ।

नगरपालिकाले नेपाल भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा लकडाउनको समयमा आवतजावत शून्य रहेकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र आइसोलेसनमा कामकाज गर्न खटाउने निर्णय कार्यान्वयनमा ल्याएको नगर प्रमुख चौधरीको भनाइ छ । नगरपालिकाले कोरोना भाइरसाका शंकास्पद विरामीलाई राख्नका लागि ५ श्ययाको आइसोलेसन कक्ष र ४५ श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । नगरपालिकाको नव निर्मित भवनमा आइसोलेसन र क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

‘नगरपालिका भारतसंग सीमा जोडिएको नगरपालिकाले भएकाले निकै चुनौती छ,’ नगर प्रमुख चौधरीले भने, ‘सीमा नाका पूर्ण रुपमा बन्द गरिएको भएपनि खुला सीमा क्षेत्रको फाइदा उठाउदै भारतबाट आउने यात्रुहरु छिर्न सक्ने भएकाले सतर्कता अपनाएका छौं ।’

शंकास्पद विरामी देखा परे क्वारेन्टाइनमा राखेर निगरानी बढाईने र सो भाइरसको लक्षण देखिए आइसोलेसनका राखेर उपचार गरिने उनले बताए । नगरपालिकाले भारत लगायत अन्य मुलुकबाट आएका बासिन्दालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न र स्वास्थ्य समस्या देखिएमा सम्पर्क गर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ४१ बजे

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

केशब बडालको प्रश्न– एउटै व्यक्तिलाई सर्वत्र सहकारीको बोर्ड झुण्ड्याउने अधिकार कसले दियो ?

जनताको जीवनस्तर उठाउन भन्दै सरकारले वर्षौँ अघि सहकारीलाई तीन खम्बे

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा