नेपालमा अलपत्र परेकालाई लिएर अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स | Khabarhub Khabarhub

नेपालमा अलपत्र परेकालाई लिएर अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अलपत्र परेका अस्ट्रेलिया र न्यूजील्याण्डका पर्यटकलाई वायु सेवा निगमको चाटर्ड विमान मार्फत उद्धार गरिने भएको छ ।

अलपत्र परेका विदेशी पर्यटकलाई नेपाल वायुसेवा निगमको जहाज मार्फत अस्ट्रेलिया लगिने भएको हो ।

वायुसेवा निगमको वाइडबडी मार्फत उनीहरुलाई बुधवार दिउँसो मलेसिया हुँदै अस्ट्रेलियाको ब्रिसबन लाने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अस्ट्रेलियन दूतावासलाई आफ्ना नागरिकको उद्धार गर्नका लागि सोमबार उडान अनुमति दिएको थियो ।

विमान बुधवार साँझ पाँच बजे त्रिभुवन विमानस्थलबाट मलेसियाको क्वालालाम्पुरका लागि उडान भर्ने छ । त्यहाँ इन्धर भरेर विमान लिस्बन जाने छ ।

यसअघि सिड्नी जाने भनिएको विमान अस्ट्रेलियन दूतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबनमा अवतरण गर्न लागिएको हो ।

सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान नभएपछि उनीहरुलाई ब्रिसबन लान लागिएको हो । उक्त विमानमा न्यूजिल्याण्डका ३५ जना रहनेछन् भने अरु अस्ट्रेलियन नागरिक रहनेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : १२ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन