कोरोना संक्रमित युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालकको पहिचान | Khabarhub Khabarhub

कोरोना संक्रमित युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालकको पहिचान


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।

युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न  गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएको थियो । संक्रमित युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालक आइतबार स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन् । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताए ।

हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको वडाध्यक्ष लम्सालले बताए । ‘चालक अहिले हामीहरुको दैनिक निगरानीमा रहनुभएको छ । उहाँमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन,’ वडाध्यक्ष लम्सालले भने ।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ०६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०