लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय | Khabarhub Khabarhub

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतले मंगलग्रहमा यान पठाउने प्रायस गरेको धेरै भएको छैन । चीनले कृत्रिम सूर्य बनाउन लागेको पनि हामीले सुनेकै हो । जापान २०२० ओलम्पिकको तयारी गर्दै थियो ।

एकाएक यी सबै गतिविधि बन्द गरिदिने र संसारको गति नै थमिने गरी एक त्रासदी फैलियो । गत डिसेम्बर महिनाको अन्तिमतिर चीनको वुहान शहरबाट सुरु भएको कोविड—१९ को महामारीले आज संसार नै त्रस्त बनाइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले परिस्थितिको गम्भीरता अनुमान गरेर कोविड—१९ लाई महामारी घोषणा गर्‍यो । यसैबीच कतिपय राष्ट्र लक डाउनमा छन् भने कतिपय आफ्नै तरिकाले कोरोनासँग जुध्दै छन् ।

यस्तो महामारीसँग जुध्न विश्व तयार थियो ?

वुहानमा कोरोनाको कहर वर्षनुअघि संसार सर्ने रोगबाट नसर्ने रोगमा केन्द्रित हुँदै थियो ।

आज आएर मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरोल, हृदयाघात, क्यान्सर जस्ता नसर्ने रोगले संसारसामु चुनौती थप्दै जाँदा सर्ने रोगहरू भने केही कम भएको अनुमान हुन थालेको थियो । सरुवा रोग मानिसको नियन्त्रणमा रहेको ठान्न थालिएको थियो ।

अहिले कोविड—१९ एकाएक संसारभर फैलिएर विश्वकै उच्चतम स्वास्थ्य व्यवस्थालाई समेत चुनौती दिएको छ । यसबाट प्रष्ट हुन्छ, हामी यो र यस्ता अरू महामारीप्रति न त सचेत थियौँ न त तयार ।

यस्ता सम्भावनालाई ध्यान नदिएर नै होला इटली र स्पेनजस्ता विकसित मुलुकमा दिनहुँ सयौँ मान्छेले ज्यान गुमाउनु परेको छ ।

संसारकै शक्तिशाली र विकसित मानिएको संयुक्त राज्य अमेरिकालाई समेत आच्छुआच्छु परेको छ ।

यस्तै अवस्था हाम्रो देशमा नआउला भनेर ढुक्क हुने बलियो आधार हामीसँग छैन ।

कस्तो छ त कोविड१९ को प्रभाव ?

कोविड—१९ ले मानिसको जीवनको प्रत्येक आयाममा असार पारेको छ । विश्वका सबैभन्दा मजबुत आर्थिक स्थिति भएका देशहरूको अवस्था समेत डामाडोल पारिदिएको छ।

साथै, आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्रहरूमा पनि नकारात्मक प्रभाव पारेको छ ।  मानिसहरू एक साताभन्दा लामो समयदेखि घरमा थुनिएको अवस्थामा छन् । धेरैलाई तनाव छ, मलाई पनि पो कोरोना संक्रमण हुने हो कि भन्ने ।

यस्तो परिस्थितिमा मानिसहरू प्रत्येक कोणबाट तनावग्रस्त बनेका छन् । तनावका कारण हुने मनोसामाजिक समस्याहरू देखिन थालेका छन् ।

यस्ता समस्या र बढ्दै जाने सम्भावना पनि छ । लकडाउनको अन्योलग्रस्त अवस्थाले कतिपय व्यक्तिमा चिन्ता, भय, अनिश्चितता आदि मानसिक समस्या देखा परेका छन् ।

निराशाको अवस्थामा मनोवैज्ञानिक समस्या बढ्न नदिन तनाव कम गर्ने उपायहरू अपनाउनु जरुरी छ । यो बुझ्नु पर्छ कि संकटको यस्तो समय एक दिन टरेर जानेछ, सधैँ रहने छैन । यस्तो अवस्थामा धैर्य नै मुख्य ओखती हो ।

कतिपय  व्यक्तिले निराशा बढेको र आत्महत्याको सोच आएको पनि बताएका छन् । कतिपय त तनाव कम गर्न भन्दै दुर्ब्यसनतिर पनि फस्न थालेका छन् ।

मानसिक रोगबाट ग्रसित भएर उपचारबाट ठीक भएका कतिपय व्यक्तिमा फेरि सो रोग बल्झिने सम्भावना देखिएको छ ।

यस्तो निराशाको अवस्थामा मनोवैज्ञानिक समस्या बढ्न नदिन तनाव कम गर्ने उपायहरू अपनाउनु जरुरी छ । यो बुझ्नु पर्छ कि संकटको यस्तो समय एक दिन टरेर जानेछ, सधैँ रहने छैन । यस्तो अवस्थामा धैर्य नै मुख्य ओखती हो ।

धीर मनस्थितिका साथ केही उपायहरू अवलम्बन गरेमा आफू र आफूनिकटकालाई तनावबाट मुक्त राख्न सकिन्छ । केही साधारण उपायहरू अपाउन सकिन्छ ।

 केही यस्ता सहज उपायहरू छन्  

सिमित र अधिकारिक समाचार मात्र हेर्ने, सुन्ने र पढ्ने गर्नु उचित हुन्छ । अनुमानका भरमा र लाइक—शेयर बढाउने उद्देश्यले सामाजिक सञ्जालमा आएका विवरणले तनाव बढाउन सक्छन् ।

त्यसैले सामाजिक सञ्जालको प्रयोगमा विचार पुर्‍याउनु पर्छ । समय कटाउने बहानामा जे आउँछ त्यो नहेर्नु नै उचित हुन्छ ।

आफ्नो परिवारजनसँग समय बिताउनु अर्को राम्रो उपाय हो । कोही तनावमा छ भने उसलाई तनाव कम गर्ने उपाय सिकाउन सकिन्छ ।

तनाव कम गर्ने बहानामा धुमपान र मद्यपान गर्नेहरू पनि हुन्छन् । यो धेरै गलत तरिका हो । तनावबाट टाढा रहन धुमपान र मद्यपानबाट पनि टाढा रहनुपर्छ ।

फुर्सदको यस्तो समयमा आफूलाई मन परेको गीत सुन्नु र मनपरेको फिल्म हेर्नु तनाव कम गर्ने राम्रो उपाय हो ।

आफ्नो बगैँचमा फूल गोड्मेल गर्नु, करेसाबारीमा काम गर्नु तनाव कम गर्ने राम्रो उपाय हुन्छ ।

फुर्सदमा गरौँला भनेर बाँकी राखेका काम गर्नु पनि राम्रो उपाय हुन्छ । आहार अर्को महत्वपूर्ण पक्ष हो । स्वस्थकर खानेकुरा खाने गर्नुपर्छ ।

अचानक मुटु धेरै ढुकढुक गरेमा र सास फेर्न गाह्रो भएमा नाकबाट लामो लामो सास तानेर मुखबाट छोड्ने गर्नुपर्छ । स्वासप्रश्वासको यस्तो साधारण व्यायाम तत्कालै तनाव कम गर्न सहयोगी हुन्छ ।

धेरै फुर्सदको र तनावको समयमा निद्रा नलाग्ने समस्या पनि हुन्छ । राति निद्रा नलागेमा बिस्तारै सयसम्मको अंक मनमनै उल्टोतिरबाट (१००, ९९, ९८, ९७ … भन्दै १ सम्म) गन्ने अभ्यास उत्तम हुन्छ । धेरैलाई त गन्दा गन्दै निद्रा आउँछ तर झन्झट मान्नु हुँदैन ।

यस्ता उपायहरूले पनि तनाव कम भएन भने विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ ।

-लेखक मनोचिकित्सक हुन् ।

 

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : २८ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको