कोरोना भाइरसको प्रभाव: खेलाडी अनुबन्धदेखि सम्झौता नवीकरणमा असर | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभाव: खेलाडी अनुबन्धदेखि सम्झौता नवीकरणमा असर


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला फुटबलको अर्थतन्त्रमा समेत ठूलो असर पुग्ने आँकलन भइरहेका छन् ।

जसका कारण आउँदो केही सिजनको खेलाडी अनुवन्ध तथा उनीहरुसँगको सम्झौता नवीकरणमा समेतअसर गर्ने स्पेनिस फुटबल पत्रिका मार्काले लेखेको छ।

मार्काले अहिले धेरै क्लबहरुले आफ्ना खेलाडीहरुको तलब कटौती गरेको उल्लेख गर्दै आउँदा केही सिजनमा क्लबलाई आर्थिक भार हुने उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीले क्लबलाई आर्थिक भार भएको जर्मनका फुटबल जानकार उली होइनेसले बताएका छन् ।

‘यो केही कुरा हो । तपाई यसबारे अनुमान पनि लगाउन सक्नु हुन्न । तर, मलाई लाग्दैन यहाँ कसैले पनि १ मिलियन युरो भन्दा ठूलो सम्झौता गर्नेछन् अबका केहीवर्ष,’उलीले भनेका छन् ।

यसले खेलाडीसँगको सम्झौनता नवीकरणमा समेत असर गर्नेछ । २०२१ मा नवीकरण हुने सम्झौतामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाम पनि आउँछ ।

क्याम्प नाउसँगको उनको अन्तिम सम्झौता २०२१ सम्मको छ । उनी क्लबमा सबैभन्दा धेरै पैसा कमाउने खेलाडी पनि हुन् ।

तर, अब के बार्सिलोनाले अहिलेकै मूल्यमा उनलाई क्लबमा राख्न सक्छ ? भन्ने प्रश्न समेत उठ्न थालेको छ ।

बार्सिलोनामा आउँदो सिजनमा इभान राकिटिक, आर्टुर भिडाल, लुइस स्वारेज जस्ता क्षमतावान खेलाडीहरुको पनि सम्झौता सकिँदैछ । यस्तै समस्या रियल मड्रिडमा पनि छ । रियलका कप्तान सर्जियो रामोश, लुका मोड्रिक र लुकाज भाजकिजको सम्झौता पनि २०२१ मा सकिँदैछ ।

यस्तै, पेरिस सेन्ट जर्मनका युवा स्टार केलिउन एमबाप्पे, नेयमार लगातका खेलाडीको पनि आउँदो सिजन कहाँ पुग्ने छन् भन्ने कुरा एकिन छैन् ।

अहिले यी दुवै खेलाडीका लागि स्पेनका बासिलोना र रियलले आँखा लगाइरहेका छन् । तर, अब कसले लैजान सक्छ भन्ने एकिन भएको छैन् । यो कुरा स्पष्ट छ उनीहरु पेरिस सेन्ट जर्मनमा अस्थायी हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन