हुबेइ प्रान्तमा कोरोना संक्रमितको उपचारका लागि ७० बढी नयाँ स्वास्थ्य केन्द्र | Khabarhub Khabarhub

हुबेइ प्रान्तमा कोरोना संक्रमितको उपचारका लागि ७० बढी नयाँ स्वास्थ्य केन्द्र


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएका छन् ।

युहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताएका छन् ।

यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पु¥याउने बताइएको छ । जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण १ हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार बिहीबार अबेर रातिसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : २८ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई