धरानमा कोरोना भाइरसको आशंकापछि बिरामीलाई टेकु पठाइयो | Khabarhub Khabarhub

धरानमा कोरोना भाइरसको आशंकापछि बिरामीलाई टेकु पठाइयो


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण आशंका गरिएको छ ।

बिरामीमा कोरोना भाइरको लक्षण देखिएपछि उनलाई अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए ।

उनलाई बिहीबार साँझ नै काठमाडौं पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए ।

उपचारका लागि अस्पताल पुगेका उनलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको डा मल्लले बताए । धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएका थिए ।

उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उनलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीबार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय ¥यापिड रेस्पोन्स टिम समेत बनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन