नेकपा बैठकः प्रदेश कमिटी अध्यक्षहरुले गरे रिपोर्टिङ | Khabarhub Khabarhub

नेकपा बैठकः प्रदेश कमिटी अध्यक्षहरुले गरे रिपोर्टिङ


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश कमिटीका प्रमुखहरुले रिपोर्टिङ गरेका छन् ।

शुक्रवार(आज) समूहगत छलफल सकिएपछि शुरु भएको बैठकमा पार्टीका प्रदेश कमिटीका प्रमुखहरुले धारणा राख्न शुरु गरेका हुन् ।

शुक्रबार प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ गरेका छन् ।

त्यस्तै सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथाेकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा. राजन भट्टराई र यसक्रमकाे अन्तिम शृङ्खलामा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चाैलागाईकाे रिपोर्टिङ सकिएको छ ।

समूहगत छलफल सकिएसँगै टोली नेताले पनि समूहको निश्कर्ष सुनाउने छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : ४८ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार