‘बन्दै छ मेरो देश...’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

‘बन्दै छ मेरो देश…’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह)को ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना गर्दैछ ।

‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवरुलाई आफ्ना भावना शब्दहरुमा उनेर कविता सम्प्रेषित गराउन यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका युवाबाट यही माघ २५ गतेभित्र कविता आह्वान गरिएको समूहका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कविता देशभक्ति भावना, राष्ट्रिय एकता, समृद्ध देश निर्माणका योजना र सकारात्मक भावना सम्प्रेषण गर्ने विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ । देशभरबाट सम्प्रेषित कवितामध्ये निर्णायक मण्डलबाट छनोट भएका १०० कविलाई काठमाडौँमा आमन्त्रण गरिनेछ ।

देशभक्ति भावनामा कलम चलाउने १०० कविको समूह टोखा नगरपालिकाका स्थानीय १५० युवा समाहित गरी फागुन १० गते एक दिवसीय ‘राष्ट्रिय युवा कार्यशाला’ आयोजना गरिनेछ ।

युवामा सकारात्मक भावनाको अभिवृद्धि गराउने र देशको अवस्था जानकारी गराउने हेतुले कार्यशालामा देशका विशिष्ट विज्ञबाट ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी तीन शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछन् भने युवाले प्रत्यक्ष अन्तक्रिया गर्नेछन् ।

तत्कालीन टोखा चण्डेश्वरी–२ (साविक टोखा नगरपालिका वडा नं २) मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो । जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व पद्मरत्न तुलाधरबाट विसं २०४१ साल भदौ १ गते भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : १७ बजे

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद