नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी | Khabarhub Khabarhub

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडाँमा जारी छ ।

पुस ५ प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सडक संघर्ष थालेको दाहाल-नेपाल समूहले थप आन्दोलनको कार्यक्रम तय गर्न बैठक बसेको जनाएको छ ।

संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाएको संघर्ष समितिका सदस्यसहित स्थायी कमिटी सदस्यहरूबीच अहिले छलफल जारी रहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दाहाल भने बैठकबाट निस्किएको उनले बताए ।

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा सो समूहमा पक्षमा २७ जना सदस्य छन् । केपी ओलीको पक्षमा भने १६ जना स्थायी कमिटी सदस्य खुलेका छन् । पार्टी विभाजनपछि उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म कुनै पक्षमा लागेका छन् ।

प्रतिनिधिसभा विघटन प्रकरणपछि दुबै समूहले एक अर्कालाई कराबाही गर्दै समानन्तर बैठक जारी राखेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : १९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०