कतार एयरवेज र ओमान एयरबीच कोडसेयर सम्झौता | Khabarhub Khabarhub

कतार एयरवेज र ओमान एयरबीच कोडसेयर सम्झौता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।
जसले दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्नेछ ।

यस विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्स बीच सन् २००० मा सुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम हो । थप गन्तव्यहरूको टिकट बिक्री २०२१ मा सुरु हुनेछ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले खाडी क्षेत्रका अग्रणी एयरलाइन्स मध्ये एक ओमान एयरसँग कोडशेयर साझेदारी अझ विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘हाम्रो कार्य प्रणाली सुदृढ गर्दै हाम्रो यात्रुहरुलाई विश्वमा सयौँ गन्तव्यहरुसँग जोड्ने सुविधा प्रदान गर्न उद्योग भर रणनीतिक साझेदारी मजबूत गर्न महत्वपूर्ण छ । हाम्रा यात्रीहरूलाई अतुलनीय सेवा र उनीहरूले इच्छा अनुसारको यात्रा गर्न अधिक सुविधा प्रदान गर्दै २००० देखि नै हामी दुबै एयरलाइन्सले व्यावसायिक सहयोगले ल्याएका फाइदाहरू देखेका छौँ ।’

ग्राहकहरुलाई अझ बढी सुविधाहरु प्रदान गर्न ओमान एयरसँग व्यापारिक सहयोगलाई अझ सुदृढ पार्ने एयरले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक