तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता « Khabarhub

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।

तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

“यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ”, गुरुङले भने । ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ ।

“पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ”, उनले भने, “निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ ।”

ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २२ बजे

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

सिन्धुपाल्चोक– मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर – लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको

तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौँ– दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती

सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेको छ : अध्यक्ष तिमिल्सेना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले

अर्मेनियाको एक किनमेल केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु

काठमाडौँ– आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएको छ