सवारी चालक अनुमति पत्रको फारम खुल्यो, २ सय जनाले आवेदन दिन पाउने | Khabarhub Khabarhub

सवारी चालक अनुमति पत्रको फारम खुल्यो, २ सय जनाले आवेदन दिन पाउने


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण गएको चैतदेखि बन्द सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम मंगलबारदेखि खुलेको छ।

लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले जानकारी दिए। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत नौ महिनादेखि बन्द फाराम जनजीवन सामान्य तर्फ फर्कन थालेसँगै खोलिएको उनको भनाइ छ।

अझै पनि भाइरसको संक्रमण कायमै रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएको बताए।

उनले भने, ‘अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको छ अब नियमित परीक्षा लिने तयारी छ।’ लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको बताउँदै उनले समस्या समाधानको प्रयास भइरहेको बताए।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि गरिएको छ।

काठमाडौँ उपत्यकाका चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : १० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार