कोरोना खोप : 'मोडेर्ना'द्वारा अमेरिका र युरोपमा प्रयोगका लागि अनुमति माग | Khabarhub Khabarhub

कोरोना खोप : ‘मोडेर्ना’द्वारा अमेरिका र युरोपमा प्रयोगका लागि अनुमति माग


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका अनुमति माग्ने भएको छ ।

मोडेर्नाले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण ९४.१ प्रतिशत प्रभावकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो ।

मोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती (ईयूए) को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति पनि माग्ने बताइएको छ ।

गत बर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोभिड–१९ का कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ । यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू कोभिड–१९का कारण बढी प्रभावित मुलुकहरू हुन् ।

दक्षिण एशियामा भारत, पाकिस्तान, बङ्गलादेश बढी प्रभावित मुलुकहरू हुन् भने कोभिड–१९ को सङ्क्रमण अष्ट्रेलिया, अफ्रिकालगायतका विश्वका सबै क्षेत्रमा फैलिएको छ । अमेरिका सबैभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु भएको मुलुक हो ।

अमेरिकामा कोभिड–१९ सङ्क्रमित कूल एक करोड ३७ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई लाख ७३ हजार सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकापछि बढि सङ्क्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : १४ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार