४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा : स्वास्थ्य मन्त्रालय


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४३३ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ रहेको छ भने ३५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आईसीयू उपचाररत रहेका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : २५ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको