गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने, नेता विष्टले गरे शिलान्यास | Khabarhub Khabarhub

गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने, नेता विष्टले गरे शिलान्यास


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ ।

आइतबार मदाने–६, पुर्कोट दहमा पूवमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले इट्टा लगाएर भवनको शिलान्यास गरे ।

नेपालका प्रत्येक गाउँपालिकामा एक अस्पताल बनाउने सरकारको योजनाअन्तर्गत अस्पतालमा उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले अस्पताल निर्माणमा  झण्डै १८ करोड खर्च लाग्ने जानकारी दिँदै आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने बताए ।

‘हामीले अस्पताल निर्माणका लागि लामो समयदेखि जग्गा खोजीरहेका थियौं, स्थानीय समाजसेवीले जग्गा उपलब्ध गराएर सहयोग गर्नुभएको छ,’ अध्यक्ष केसीले भने ।

केसीका अनुसार जग्गादाताले १५ शय्याको अस्पताल निर्माणका लागि १५ रोपनी जग्गा गाउँपालिकालाई दान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले मदानेमा अस्पताल निर्माण भएपछि स्थानीयले उपचार गर्न सदरमुकाम या बुटवल जानुपर्ने अवस्था नआउने बताए ।

‘मदानेमा अस्पताल निर्माण हुनु सबैका लागि गर्वको कुरा हो,’ पूर्वमन्त्री विष्टले भने, ‘अब उपचार गर्न तम्घास गइरहनपर्ने झण्झट हुनेछैन ।’

मदानेमा स्वास्थ्य चौकीहरु भए पनि बिरामीले जटिल रोगको उपचार गराउनुपरे अर्घाखाँची या तम्घास जानुपर्ने अवस्था छ । अस्पताल निर्माण भएपछि मदाने र यस क्षेत्रका नागरिकले सहज उपचार पाउने विश्वास गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जग्गा उपलब्ध गराएकोमा जग्गादातालाई धन्यवाद व्यक्त गरे । साथै कार्यक्रममा जग्गादातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

मदाने गाउँपालिकाले अस्पताल निर्माणका लागि लामो समयदेखि प्रयास गरे पनि जग्गा अभावका कारण समयमा अस्पताल निर्माण हुन सकेको थिएन ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : ३८ बजे

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर