जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द | Khabarhub Khabarhub

जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओकिनावा– जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् ।

उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब बसोवास अनुमति नवीकरण गर्न नपाउने ओकिनावा टाइम्सले जनाएको छ ।

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ ।

यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ ।
गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् ।

६ महिनाको लागि बसोवास बनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : ४० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न