शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ | Khabarhub Khabarhub

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उक्त समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी टोलीको बिदाइ गरेका हुन ।

उक्त मिसनका लागि १८० जना प्रहरी त्यसतर्फ जाने छन् । उनले प्रहरी कर्मचारीलाई कार्य क्षेत्रमा आइपरेको परिस्थितिमा भएको परिवर्तन र गतिशीलतालाई ध्यानमा राखी काम गर्न निर्देशन दिए ।

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, “विदेशमा रहँदा तपाई व्यक्ति र सङ्गठन मात्र होइन, मुलुकको प्रतिनिधि हो, त्यसैले मर्यादित आचरण, अनुशान र कर्तव्यपरायणबाट विचलित हुनुहुन्न ।”

उनले आवश्यक मापदण्ड अनुसार व्यवसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न समेत निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले त्यसतर्फ खटी जाने समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हबल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी रहेको जानकारी दिनुभयो । उनीहरु दुई समूहमा २०७७ कात्तिक १७ र मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ५ : २८ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।