राष्ट्रिय एकता अभियानद्वारा नेपाल–चीन सीमास्तम्भका सूचना माग | Khabarhub Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा नेपाल–चीन सीमास्तम्भका सूचना माग


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय एकता अभियानले नापी विभागसँग नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेटबारे  सूचना माग गरेको छ ।

निवेदक विनय यादवले नापी विभागका सूचना अधिकारीलाई सम्बोधन गर्दै निवेदन दिएका हुन् ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागेका हुन् । उनले उक्त सूचना अध्ययन प्रयोजनका लागि मागेको बताएका छन् ।

यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल-चीन स्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो ?, नेपाल-चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन भएको हो ? र नेपाल-चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका जानकारी माग गरेका छन् ।

त्यस्तै निवेदनमा सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि माग गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ०० बजे

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको