नवाजुद्दीन सिद्दीकी र परिवारमाथि उनकी पत्नीले लगाइन् गम्भीर आरोप | Khabarhub Khabarhub

नवाजुद्दीन सिद्दीकी र परिवारमाथि उनकी पत्नीले लगाइन् गम्भीर आरोप


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी, उनका भाइ र परिवारका केही सदस्यविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध नवाजुद्दीनकी पत्नीले उजुरी दिएकी हुन् ।

भारतीय मिडियाका अनुसार उजुरी परे पनि प्रहरीले अझैसम्म कसैलाई बोलाएको छैन । जानबुझ चोट पुर्‍याएको, धम्काएको र अपमान गरेको उजुरीमा लेखिएको छ ।

नवाजुद्दीनकी पत्नी आलिया सिद्दीकीले नवाजुद्दीनका भाइमाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएकी छिन् ।

उजुरीमा आलियाले नवाजुद्दीनका भाइले आफ्नी छोरीसँग सन् २०१२ मा लैंगिक शोषण गरेको आरोप लगाएकी छिन् । छोरीलाई अश्लील क्लिप पनि देखाएको आरोपमा उल्लेख छ ।

आलियाले उजुरीमा उक्त समय नवाजुद्दीन घरमा नभई मुम्बई भएको बताएकी छिन् । उनले यसबारे नवाजुद्दीनलाई बताउन मुम्बई पुगेको पनि बताएकी छिन् ।

त्यतिबेला नवाजुद्दीनले करिअर भर्खरै शुरु भएको र यसले आफ्नो करिअरमा असर पार्न सक्ने बताउँदै घरभित्रै यो विवाद मिलाउन चाहेको बताएका थिए ।

आलियाले सासु ससुरामाथि पनि आरोप लगाएकी छिन् । उनले सासु र ससुरामाथि आफूलाई धम्काएको आरोप लगाएकी छिन् । उनले नवाजुद्दीनले यसबारेमा उजुरी नदिन भनेको पनि बताएकी छिन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६