उद्योग वाणिज्य महासंघ चुनाव : प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आगमी साउन अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान पक्षले तयारी तीव्र पारेको छ ।

साउन २५ र २६ गते हुने नयाँ निर्वाचनको लागि किशोर प्रधानको टिमले सम्पर्क कार्यालयसमेत खोलेको छ।

सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका छन्। उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए।

ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना खोलिएको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन्।

यस्तै वरिष्ठ उपाध्यक्षको पदका लागि चन्द्रप्रसाद ढकालको नेतृत्वमा पनि चुनावी मैदानमा होमिएको छ ।

यस पटकको निर्वाचनमा प्रधान र ढकालको प्यालनबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन