स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

प्रधानमन्त्री ओली पार्टीको स्थायी कमिटीको बैठक सुरू हुनुअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेको जानकारी दिए पनि भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने विषय खुलाएको छैन ।

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालुवाटार फर्केपछि नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

नेकपाको स्थायी कमिटीको बैठकमा कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरेको काम र समग्र सरकारको समीक्षा लगायतका विषयमा अहिले जारी स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ५९ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।