करिनाले भनिन्– मलाई सैफ अलि खानसँगविवाह नगर भनिएको थियो | Khabarhub Khabarhub

करिनाले भनिन्– मलाई सैफ अलि खानसँगविवाह नगर भनिएको थियो


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे ।

प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु परेको थियो । करिनाले गरेको खुलासा अनुसार उनलाई सैफ अलि खानसंग विवाह गर्नु पूर्व केहि मानिसले सचेत गराएका थिए ।

करिना कपूर र सैफ अली खानबीच प्रेम रहेको बेला करिनालाई आफन्तले नै यस सम्बन्धलाई अघि नबढाउन सल्लाह दिएका थिए । यस बारेमा उनले करण जौहरको च्याट शो कफी विद करणमा बताएकि थिइन् ।

करिनाले यस प्रसंगमा भनेकि थिइन्, म खुसि छु अब मानिसहरु आफ्नो प्रेम र सम्बन्धका बारेमा खुलेर कुरा गर्न थालेका छन् । तर जब मैले सैफसंग विवाह गर्न लागेको थिए त्यसबेला मलाई उ डिर्भोसी रहेको र उसको दुई सन्तान रहेको बारे बताए । उनीहरुले मेरो करियर सकिने भन्दै सोधेका थिए के तिमी साच्चै सेफसंग विवाह गर्छ्यौ ?

करिनाले सेफसंग विवाह हुनुपूर्वको स्थितिबारे जानकारी दिदै भनिन्, ‘मैले त्यसबेला भनेको थिए, मैले प्रेम गरेकी हुँ । कुनै अपराध होइन । यदि कालान्तरमा केहि भएमा त्यसबेला सौचौला । करिना र सैफको विवाह सन् २०१२ मा भएको थियो ।
यी दुइका एक छोरा पनि छन्, तैमुर । करिना र सैफको सम्बन्धमा यी दुईको उमेर पनि थियो ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : १७ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले