बार्सिलोना र युभेन्टसले खेलाडी साट्दै | Khabarhub Khabarhub

बार्सिलोना र युभेन्टसले खेलाडी साट्दै


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस महारथी बार्सिलोना र इटालीयन जायन्ट युभेन्टसले खेलाडी साटफेर गर्ने भएका छन् ।

बार्सिलोनाले आफ्ना मिडफिल्डर आर्थरलाई युभेन्टस पठाएर उनको स्थानमा युभेन्ट्सका मिडफिल्डर मिरालेम प्जानिकलाई क्लब भित्र्याउने तयारी गरेको छ ।

६० मिलियन युरो र ५ मिलियन पछि थप्ने क्लबको प्रस्तावमा बोसनियाका प्जानिकले सहमती भएका छन् । सन् २०१६ मा युभेन्टसमा आवद्ध भएका उनले सिरी ए मा २ सय १४ खेल खेलिसकेका छन् ।

यता, ६ वर्षको सम्झौताका लागि सन् २०१८ मा बार्सिलोना पुगेका आर्थर भने ७२ मिलियन युरोमा युभेन्टसमा जान सहमत भएका हुन् । उनले पछि थप १० मिलियन युरो पाउने बताइएको छ ।

आर्थर यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन् । बार्सिलोनाका प्रशिक्षकले मन नपराएपछि आर्थरले बार्सिलोनामा राम्रो अवसर नपाएको आलोचना भइरहेको छ ।

केही दिन अगाडि पनि प्रशिक्षक क्विकी सेटिनको प्रतिक्रियामा आर्थरकी आमाले असन्तुष्टि जनाएकी थिइन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०