लिपुलेक विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : भारतीय रक्षामन्त्री सिंह « Khabarhub

लिपुलेक विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : भारतीय रक्षामन्त्री सिंह


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै समाधान गर्नुपर्ने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् ।

सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए ।

यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।

नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको उक्त सडकको रक्षामन्त्री सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । त्यसपछि भारतले नेपाली भूमि मिचेको भन्दै सडकदेखि सदनसम्म विरोध भएको थियो ।

यही बीचमा नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : ०७ बजे

‘जलवायु परिवर्तनले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बत सरे’ 

काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालका पहाडी र हिमाली जिल्लाका जनावरहरू

ताप्लेजुङको मौवाखोलामा माओवादी केन्द्र विजयी

फुङ्लिङ– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

गलेश्वर– म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

काठमाडौँ– सरकारले बागमती नदी किनारामा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना