दैलेखमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु | Khabarhub Khabarhub

दैलेखमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ।

भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका ती युवकको शनिबार बिहान मृत्यु भएको हो।

बिहानको खाजा खाएर आराम लागि सुतेका उनी केही समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ।

३५ वर्षीय मृतक कर्ण थापा दुल्लु नगरपालिका–११ कालभैरवका रहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १२ : २८ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र