खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो « Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ३ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार ३०३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४५८ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार ७६६ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६० जनाको मृत्यु भएको छ भने ३३ हजार १७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १९४ जनाको मृत्यु भएको छ भने २५ हजार १८४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ४० जनाको मृत्यु भएको छ भने ९ हजार ८२० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ३६ जनाको मृत्यु भएको छ भने ५२ हजार ९०७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ १० हजार ४४९ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १२ : १५ बजे

नेपाल आज क्यानडाको ओन्टारियोसँग भिड्दै

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको ओन्टारियोस्थित स्थानीय

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लङ्घनका घटना

सप्तरी– सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा

‘ऐना झ्यालको पुतली’ २४ भदौमा

कठमाडौ – सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४

पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ?

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा

विद्यार्थीलाई कुटपिट गर्ने सञ्चालकमाथि कारबाहीको माग

बारा – विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको