दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ? | Khabarhub Khabarhub

दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको चाहना हुन्छ, आफुलाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर वरबधुबीच गणगुण हेरेर मात्र विवाह गर्दथे । बलियो नाता स्थापित गर्न दम्पत्तीबीच राम्रो बुझाई हुन जरुरी छ । जसकालागी ज्योतिषशास्त्रमा हरेक राशीलाई मिल्ने जोडी तय गरिएको हुन्छ ।

१. मेष र कुम्भ राशी
यी राशीबीच सम्बन्ध भएमा यो लामो समयसम्म टिक्ने सम्भावना हुन्छ । दुबै राशीका जातकलाई एडवेञ्चर मन पर्ने भएकाले दुबैबीच चाहनामा समानता हुने गर्दछ ।

२. वृष र कर्कट राशी
दुबै राशीले रिलेशनसीपलाई गम्भीरतापुर्वक लिने भएकाले यी जातकाबीच शारीरिक र मानसिक समझदारी बन्ने गर्दछ । दुबै राशी हरपल एकअर्काको साथमा रहने गर्दछन् ।

३. मिथुन र कुम्भ राशी
यी राशीमा एकअर्काको भावनात्मक सहारा बन्ने गुण हुन्छ । यी राशीका जातकलाई एकअर्कासँग समय बिताउन मन पर्दछ । दुबैले नाताभित्र स्वतन्त्रता समेत दिने गर्दछन् ।

४. कर्कट र मिन राशी
कर्कट र मिन राशीका जातकबीच सबैभन्दा राम्रो सम्बन्ध बनिदिन्छ । यि दुबैमा प्राकृतिक जल समानशान्त स्वभाव हुने गर्दछ । यी दुबैले एकअर्कालाई राम्ररी बुझ्ने गर्दछन् ।

५. सिंह र धनु राशी
दुई राशीबिच प्रेमप्रति धेरै भावुकता हुन्छ । दुबै एकअर्कासंग अधिकतम समय बिताउने चाहना राख्दछन् । यतिमात्र होइन यी राशीबिचको सोच समेत मिल्ने गर्दछ ।

६. कन्या र वृष राशी
यी दुबै राशीको तत्व पृथ्वी हो । तसर्थ दुबै राशीबिच एकै किसिमको समझदारी हुने गर्दछ । दुबै एकअर्काप्रति ईमान्दार हुन्छन् । जसका कारण यिनिहरुको सम्बन्ध लामो टिक्ने गर्दछ ।

७. तुला र मिथुन राशी
दुबै राशीबीच अद्भुत मेल हुने गर्दछ । दुबैले एकअर्कालाई बुझ्न सक्ने भएकाले जीवनमा आउने हरेक कठिनाईमा दुबै साथ हुने गर्दछन् । दुबैमा प्रोत्साहनको क्षमता रहने गर्दछ ।

८. वृश्चिक र कर्कट राशी

यी राशीबिच राम्रो सम्बन्ध हुने गर्दछ । दुबैले एकअर्कालाई गम्भिरता पुर्वक लिने र आफ्नो भावना खुलेर बताउँछन् । दुबैमा हरेक परिस्थितिमा साथ दिने क्षमताहुने गर्दछ ।

९. धनु र मेष राशी
दुबै राशीको तत्व अग्नि हो । तसर्थ दुबैबीच राम्रो तालमेल बनिदिन्छ । दुबैले एकअर्कालाई अत्यधिक प्रेम गर्ने भएकाले एकअर्काको ख्याल राख्ने गर्दछन् । दुबैमा समान भावना हुन्छ ।

१०. मकर र वृष राशी
दुबै राशीबिचको जोडी ज्योतिषमा उत्कृष्ट म्याच मानिन्छ । यि राशीमा जीवनभर एकअर्काको साथ रहने शक्ति हुन्छ । दुबै एकअर्काको प्रेमलाई सम्मान गर्दछन् ।

११. कुम्भ र मिथुन राशी
दुवै राशीबीच मनोवैज्ञानिक सम्बन्ध हुने गर्दछ । एकअर्काको भावना बुझेर परावाहपुर्ण प्रेम गर्दछन् । दुबै एकअर्काको साथमा रहदाँ आनन्दित हुने गर्दछन् ।

१२. मिन र वृश्चिक राशी
यी राशीबीच सम्बन्ध अत्यन्त राम्रो मानिन्छ । दुबैमा जीवनप्रतिको धारणा र ब्यवहार समान हुन्छ । दुबैबीच ईमान्दारपुर्ण सम्बन्ध निभाउने क्षमता हुन्छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : ३० बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका