कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द « Khabarhub

कोरोना संक्रिमत बढ्न थालेपछि दक्षिण कोरियाका विद्यालय फेरि बन्द


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियाका विद्यालयहरू पुन: बन्द गरिएको छ ।

पाँच सयभन्दा बढी विद्यालयहरूमा पठनपाठन सुरू भएको केही दिनमै विद्यालयहरू बन्द गरिएको हो ।

भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधबारदेखि विद्यालयमा पठनपाठन सुचारु गरेको थियो । तर बिहीबार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको हो ।

उक्त संख्या एकै दिन संक्रमित भएका दुई महिनायताकै बढी भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् ।

दक्षिण कोरियामा शुक्रबार पनि ३९ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ११ हजार ४४१ पुगेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : २० बजे

मत गणनास्थलमै कुटिएका घाइते शाहीको मृत्यु

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटिएका गम्भीर

मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा

‘पञ्चायत’ को दोस्रो सिजन ओटीटीमा

काठमाडौँ– जितेन्द्र कुमार अभिनीत सिरिज ‘पञ्चायत’ ले राम्रो चर्चा पायो

यू-२० साफ च्याम्पियनसिपको तालिका सार्वजनिक

काठमाडौँ– यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।  दक्षिण

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

जुम्ला– जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ