स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन ।

प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मी नै जोखिममा काम गर्दै आएका छन् ।
जिल्लाका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य सहायताकक्ष हुँदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टिनमा बसेकाको जाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री (पिपिइ) नहुँदा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पार्दै सेवा दिँदै आएका छन् ।

जिल्लामा सञ्चालन भएका स्वास्थ्य सहायताकक्षमा समेत ज्वरोमापनबाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीयवासी, भारत र अन्य ठाउँबाट आएकाको ज्वरो जाँच गर्ने गरेका छन् ।

जिल्लाको बूढीगङ्गा नगरपालिकाले ५२ स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले शुक्रबारबाट नगरका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीमा जोखिम घटाउनका लागि कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले रु एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख शाहको भनाइ छ । उनले भने, “कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको रु एक लाखको बीमा गरेका छौ ।”

कोरोना बीमा गरेका कर्मचारीलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधिमा कोरोना पोजेटिभ देखिए लगत्तै रु एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिए । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।

महामारीका रूपमा रहेको कोरना भाइरसका कारण स्थानीयवासीलाई लकडाउनमा भोकभोकै बस्न नदिन नगरपालिकाले रु दुई करोडको राहत कोष स्थापना गरेको नगर उपप्रमुख तारा खातीले बताए । प्रत्येक वडाका वडाध्यक्षलाई अतिविपन्न, एकल दलित, मुक्तहलिया तथा खलियाको तथ्याङ्क सङ्कलन गरी राहत वितरणसमेत गरिसकेको छ ।

नगरपालिकाले प्रतिपरिवार ३० केजी चामल, नुन, दाल, खानेतेल र तरकारीसमेत राहत दिएको छ । बूढीगङ्गा जिल्लाको पहिलो स्वास्थ्यकर्मीको बीमा गर्ने नगरपालिका बनेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ५२ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा